पूँजीबजार विस्तारलाई निरन्तरता दिने सरकारको नीति,राष्ट्रिय गौरवका आयोजनामा स्रोत अभाव हुन नदिने

May 25, 2017 merolagani

सरकारले आगामी आर्थिक बर्षमा पनि पूँजीबजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे सरकारले पूँजी बजार विस्तारको कार्यलाई निरन्तरता दिने घोषणा गरेको छ ।

आगामी आर्थिक बर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका बीचमा नीति तथा कार्यक्रम ल्याउनु परेकाले सरकारले गरिरहेका कामलाई समेटेर नीति तथा कार्यक्रम बनाइएको जानकारी दिइन । साथै उनले बजेट पनि यही अनुसार तर्जुमा गरिएको बताईन ।

यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् । 

बैंकिङ तथा गैरबैंकिङ क्षेत्रको पुँजी परिचालन गर्दै वित्तीय स्थायित्व दिने र मूल्यवृद्धिलाई निश्चित सीमाभित्र राखिने तथा सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी बनाइने सरकारको नीति रहेको छ । 

सरकारले औद्योगिक क्षेत्रमा बाह्य लगानी बढाउने कामलाई निरन्तरता दिने भएको छ । स्थानीय तहमा वैज्ञानिक, सरल र पारदर्शी वित्तीय व्यवस्था गरिने पनि कार्यक्रममा उल्लेख छ ।

आर्थिक समृद्धिका लागि सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहकार्यलाई अझ सुदृढ गरिने, भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माणलाई प्राथमिकता दिइ आवास निर्माणलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम सरकारले दिएको छ ।

राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराइने प्रतिबद्धता पनि सरकारले जनाएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्या्दित बनाइने, भारत र चीनसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय स्वार्थ अनुकूल अगाडि बढाइने कार्यक्रम सरकारले तय गरेको छ । 

आधारभूत स्वास्थ्य निशुल्क पाउने व्यवस्था मिलाइने र गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गरिने सरकारको नीति छ ।

नयाँ हवाइ रुट पहिचान गरी दुई देशीय सम्झौता गरिने, प्राथमिकता प्राप्त खानेपानी आयोजना कार्यान्वयनमा जोड दिनका साथै रणनीतिक महत्व र प्राथमिकता प्राप्त सडकको निर्माणमा प्राथमिकता दिइने सरकारको नीति रहेको छ ।

उज्यालो नेपाल अभियानको प्रभावकारी कार्यान्वयन गरी विद्युत उत्पादनमा प्राथमिकता दिने, प्रमुख बालीहरुमा आत्म निर्भर हुने नीतिलाई निरन्तरता दिइने। पशु तथा बाली बिमा कार्यक्रमलाई कृषकको पहुँचमा र्पुयाइने।

विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियाका बाँकी काम आउँदो आर्थिक वर्ष्भित्र पूरा गरिने नीति सरकारले लिएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।