राष्ट्र बैंकले आर्थिक वर्ष २०७४ को बजेटमा उल्लेख भएबमोजिम उपभोक्ता मुद्रास्फीति दरलाई ७.५ प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकोमा आर्थिक वर्ष २०७४ को चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेको छ ।
आधार मूल्य प्रभाव, आर्पूिर्त व्यवस्थापनमा सुधार र भारतमा समेत उपभोक्ता मुद्रस्फीतिदर घट्दै गएको कारण मुद्रास्फीति घटेको हो ।
कम्तीमा ८ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखेकोमा राष्ट्र बैंकसँग नौ महिनाको अवधिमा १३.३ महिनाको वस्तु आयात र ११.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा रहेको छ । राष्ट्र बैंकका अनुसार चैतसम्ममा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०५७.३८ अर्ब रेहको छ ।
आर्थिक वर्ष २०७४ को ९ महिनामा कुल आन्तरिक कर्जा ९ प्रतिशतले बढेको छ । यस अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५.५ प्रतिशतले बढेको छ । विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई १७.० प्रतिशतको हाराहारीमा कायम राख्ने । आर्थिक वर्ष २०७४ को चैत मसान्तसम्ममा मुद्राप्रदायको वृद्धिदर ९.८ प्रतिशत रहेकोछ ।
निजी क्षेत्रतर्फको कर्जा २५ प्रतिशतले बढ्ने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०७४ को चैत मसान्तसम्ममा निजी क्षेत्रतर्फ लगानीमा रही रहेको कर्जाको वृद्धिदर १५.६ प्रतिशत मात्र रहेको छ ।
आर्थिक वर्ष २०७४ को ९ महिनासम्ममा खुलाबजार कारोबार मार्फत राष्ट्र बैंकले १ खर्ब १ अर्ब १० करोड तरलता प्रशोचन गरेको छ ।
९ महिनामा वाणिज्य बंैक तथा वित्तीय संस्थाहरुमा रु. ६१ अर्ब ७४ करोडको स्थायी तरलता प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको १०३९ अर्ब २१ करोडबाट १.७ प्रतिशतले वृद्धि भई २०७३ चैत मसान्तमा १०५७ अर्ब ३८ करोड पुगेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ प्रतिशतले वृद्धि भई रु. १६३ अर्ब २२ करोड पुगेको छ ।
मर्जर तथा प्राप्तिको परिणामस्वरुप नेपाल राष्ट्र बंैकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७३ चैत मसान्तसम्ममा १६५ रहेको छ । यसमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त विकास बैंकहरुको संख्या क्रमशः २८, ५४, ३३ र ५० रहेको छ ।
२०७३ चैत मसान्तसम्मा कुल १३६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रकृयामा सामेल भई ९२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ४४ संस्था कायम भएका हुन्।
वित्तीय सेवाको माग पक्षलाई सुदृढीकरण गर्न वित्तीय साक्षरता कार्यक्रम र विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
यस आर्थिक वर्षमा २०७३ चैतसम्म ३९ वटा वित्तीय साक्षरता कार्यक्रम र ६ वटा विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन भइसकेका छन् ।यसबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका महिला, गरिब, विद्यार्थी तथा पिछडिएको वर्गका सर्वसाधारण लाभान्वित भएको राष्ट्र बैंकको भनाई छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।