देवः विकास बैंकको साँढे तीन लाख कित्ता संस्थापक सेयर बिकेन, फेरि निकाल्यो लिलामीको सुचना

May 26, 2017 merolagani

देवः विकास बैंक लिमिटेड (DBBL) ले यसअघि खोलेको लिलामी बिक्रीमा सबै संस्थापक सेयर नबिकेपछि तीन लाख ५६ हजार २९७ कित्ता फेरि लिलामी गर्ने सुचना निकालेको छ । सो सेयरमा बैंकले जेठ २८ देखि असार १ गते भित्र शिलबन्दी वोलपत्र आह्वान गरेको हो ।

देवःले यसअघि बैशाख २८ देखि जेठ ४ गतेसम्म शिलबन्दी बोलपत्रबाट बैंकको साधारण सेयर सबै बिक्रि गरेपनि संस्थापक समुहको सेयर सबै नबिकेपछि फेरी लिलामी खोलेको हो ।

 यसअघि बैंकले संस्थापक समूहको तीन लाख ८३ हजार दुई सय ९७ दशमलव ३८ कित्ता र साधारण समूहको दुई लाख ३४ हजार तीन सय ९८ दशमलव ३९ कित्ता सेयरमा लिलामी खोलेको थियो । जसमा सबै साधारण सेयर विक्री भएपनि संस्थापक समुहको सेयर भने २७ हजार कित्ता मात्र विक्री भएपछि देव विकास बैंकलाई संस्थापक सेयर बेच्न सकस परेको हो । 

धितोपत्र बजारमा साधारण सेयर जस्तै ब्रोकरहरुबाट सिधै विक्री गर्न नमिल्ने भएका कारण प्राय बैंकहरुको संस्थापक सेयरमा साधारण लगानीकर्ताको त्यति रुचि रहेको देखिँदैन ।

बैंकको सेयर रजिष्टार एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एकसय कित्तादेखि दश कित्ताको गुणंकमा सबै कित्ताका लागि विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्समा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एकसय रुपैयाभन्दा बढि अंकित मूल्य राखेर बढाबढमा आवेदन गर्न सक्नेछन् । बढि मूल्यमा माग गर्नेलाई सेयर प्रदान गरिनेछ । यसअघिको लिलामीमा निकै कम मात्रामा लिलामी विक्री भएका कारण लगानीकर्ताले एक सय रुपैयाँमा नै बैंकको संस्थापक सेयर पाउनसक्ने अवस्था देखिन्छ ।

बोलपत्र असार २ गते एनर्आबिएल क्यापिटलमा विहान ११ बजे खुल्ला गरिने जनाएको छ । मागभन्दा बढि आवेदन परेमा असार ९ गतेबाट सेयर नपरेको रकम फिर्ता गर्ने बैंकले जनाएको छ ।

बैंकले गत माघ ९ देखि फागुन २७ गतेसम्म खुला गरेको हकप्रद सेयर जारी गरेको थियो ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।