बिग्रेका नौ संस्थामा सर्बसाधारणको साढे दुई अर्ब अझै जोखिममा, कुन-कुन हुन् यी कम्पनी ?

May 26, 2017 merolagani

नौ वटा बैंक तथा वित्तीय संस्थामा निक्षेपकर्ताको पैसा अझै जोखिममा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालक, अध्यक्ष तथा प्रमुख कार्यकारीको बदमासीले  समस्याग्रस्त बनेका यी संस्थामा अझै पनि निक्षेपकर्ताको दुई अर्ब ५० करोड रुपैयाँ जोखिममा रहेको हो । 

नेपाल राष्ट्र बैंकको समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाका अनुसार  समस्याग्रस्त  ९ वटा मध्ये दुई वटा विकास बैंक र ७ वटा वित्तीय संस्था  रहेका छन।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको चैतमसान्त सम्ममा, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स क्रिस्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, कर्पोरेट फाइनान्स, र ललितपुर फाइनान्सका निक्षेपकर्ताको रकम लामो समयदेखि फिर्ता हुन सकेको छैन।

राष्ट्र बैंकका अनुसार चैतमसान्तसम्ममा यी ९ समस्याग्रस्त संस्थामा सर्वसाधरणको २ अर्ब ५० करोड १८ लाख ३५ हजार रुपैयाँ निक्षेप फिर्ता गर्न र ५ अर्ब ६७ करोड १६ लाख ५८ हजार कर्जा उठाउन बाँकी छ ।

समस्याग्रस्त घोषणा गर्दा यी ९ संस्थामा १३ अर्व ३४ करोड कर्जा रहेकोमा चालु आर्थिक वर्ष २०७३/०७४ को चैतसम्म ७ अर्व ६७ करोड कर्जा असुल गरेको राष्ट्र बैंकको समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाले जनाएको छ ।

समस्याग्रस्त संस्थामध्ये सबैभन्दा बढी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडले २ अर्ब ३५ करोड ३६ लाख ८९ हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ। त्यस्तै सबैभन्दा कम भने कुबेर मर्चेन्ट फाइनान्सले ६ करोड ६४ लाख ९० हजार रुपैयाँ कर्जा उठाउन बाँकी छ।

यसैगरी समस्याग्रस्त संस्थामध्ये सबैभन्दा बढी क्यापिटल मर्चेन्ट फाइनान्सले ८५ करोड निक्षेप रकम फिर्ता गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी सबैभन्दा कम कर्पोरेट डेभ्लपमेन्ट बैंकले ८ करोड ३५ लाख रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको छ ।

यी संस्थामा कैँयन लगानीकर्ता तथा निक्षेपकर्ताको रकम फसेको छ भने कैँयन ऋणीबाट समस्याग्रस्त बनेका संस्थाले ऋण पनि उठाउन सकेका छैनन्। अधिकांश धितो कमसल र बजारयोग्य नभएको, धितोको मुल्यांकन बजारमूल्य भन्दा बढी गरिएको, ग्रामीण क्षेत्रका खेतवारी तथा भिरालो जग्गा समेत धितो राखेका कारण कर्जा असुलीमा समस्या भएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले हालसम्म समस्याग्रस्त घोषणा गरेकोमा नेपाल विकास बैंक, सम्झना फाइनान्स र युनाइटेड डेभलपमेन्ट बैंक खारेजीमा गएका छन् । गोर्खा डेभलपमेन्ट बैंक जनरल फाइनान्स, अरुण फाइनान्स र ललितपुर फाइनान्स भने विभिन्न समूह किनेर संचालनमा ल्याएका छन । केही समस्याग्रस्त संस्थाहरु पनि नयाँ व्यवस्थापन सहित संचालनमा आउने तयारीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 ९ वित्तीय संस्थामा ९७.५९ प्रतिशत लगानी खराब कर्जामा रूपान्तरण भएको छ । बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएमा जोखिम मानिन्छ ।कुवेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको शतप्रतिशत नै खराब कर्जा छ । 

केन्द्रीय बैंकले ०७० चैतबाट समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा गठन गरेर यस्ता समस्याग्रस्त संस्थाहरुको निगरानी गर्दै आएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि ती वित्तिय संस्थाले थप निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाएका छैनन् । 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।