बाली बिमाबारे बैतडीका किसान अनविज्ञ

May 26, 2017 rss


बैतडी । बाली बिमाबारे यहाँका किसान अनविज्ञ रहेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बिमा गरेका छैनन् । सरकारले २०६९ सालमा किसानलाई लक्षित गरेर बाली बिमा कार्यक्रम ल्याएको हो । बिमाबारे किसानले नबुझ्दा उनीहरुले बिमा नगरेका हुन् ।

सरकारले असिना, खडेरी, सुख्खा, रोगकीराको प्रकोपबाट बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताउ।

बाली बिमा नगरेकै कारण किसानले बर्सेनि क्षतिपूर्ति पाउन सकेका छैनन् । “बाली बिमाबारेमा किसानले चासो दिने गरेका छैनन्,” नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्राविधिक सहायक महादेव अवस्थीले भने । कम्पनीले डडेल्धुरा र बैतडीमा कृषि बिमा गर्ने गरेको छ ।

सरकारले विभिन्न बालीमा त्यसको लागत निर्धारण गरेर ७५ प्रतिशत बिमा शुल्क आफैले तिर्ने गर्दछ । क्षतिपूर्ति किसानले लागतको ९० प्रतिशतसम्म पाउने गर्छन् । रासस

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।