नगद लाभांश बाँडिरहेको सोल्टीले सेयरधनीलाई जेठ १८ गतेदेखि बोनस बाँड्ने

May 27, 2017 merolagani

सोल्टी होटल लिमिटेड (SHL) ले जेठ १८ गतेदेखि १० प्रतिशत बोनस सेयर प्रमाणपत्र वितरण गर्ने भएको छ । गत माघ ११ गतेदेखि ११.०५२ प्रतिशत नगद लाभांश बाँडिरहेको होटलले सेयर रजिष्ट्रार कार्यालय ताहाचल काठमाडौंबाट सेयर अभौतिकिकरण नगरेका सेयरधनीलाई बोनस सेयर प्रमाणपत्र वितरण गर्ने भएको हो ।

होटलले गत मङ्सिर २६ गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरको हकमा प्राप्त हुने बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने भएको छ । होटलको गत पुस २५ गते सम्पन्न भएको ४२ औं बार्षिक साधारण सभाबाट १० प्रतिशत बोनस र ११.०५२ प्रतिशत नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

 

बोनसपछि होटलको सेयर सूचिकृत संख्या ५७ करोड ९१ लाख ७८ हजार  कित्ता पुग्नेछ । 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।