हेनुहोस्, नेपाल स्टक एक्सचेञ्जमा यस साता कुन कुन ६ कम्पनीको ९४ लाख कित्ता सेयर सूचिकृत भए

May 27, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा यस साता एक बाणिज्य बैंक, एक विकास बैंक, तीन लघुवित्त र एक इन्स्योरेन्स कम्पनीको साधारण र बोनस सेयर सूचिकृत भएको छ । जसमध्ये समता माइक्रोफाइनान्स कम्पनीले साधारण सेयर सुचिकृत गराएको हो भने कुमारी बैंक सहित अन्य चार कम्पनीले बोनस सेयर सुचिकृत गराएका हुन् । कुल सूचिकृत  सेयर संख्या ९४ लाख ६० हजार चार सय ९१ दशमलव १९ कित्ता रहेको छ ।

कुमारी बैंकको ५६ लाख ८० हजार तीन सय ९१ कित्ता बोनस सेयर सूचिकृत  भएको छ भने कामना विकास बैंकले १४ लाख २७ हजार सात सय ४३ दशमलव ३० कित्ता बोनस सेयर सूचिकृत गराएको हो ।

मिथिला लघुवित्तको ६४ हजार पाँच सय एक दशमलव २० कित्ता र रुरल माईक्रोफाइनान्स कम्पनीको ६ लाख २९ हजार दुई सय कित्ता बोनस सेयर पनि यसै साता सूचिकृत  भएको छ । त्यसैगरि एशियन लाईफ इन्स्योरेन्स कम्पनीले १३ लाख ४२ हजार ६ सय ५५ दशमलव ४० कित्ता बोनस सेयर सूचिकृत  भएको छ ।

बारा जिल्लामा केन्द्रिय कार्यालय रहेको समता माईक्रोफाईनान्सले पुस १९ देखि २३ गतेसम्म निष्काशन गरी बाँडफाँड गरेको ९४ हजार आठ सय कित्ता साधारण सेयर र दुई लाख २१ ह्जार दुई सय कित्ता संस्थापक सेयर गरी तीन लाख १६ हजार कित्ता सेयर सूचिकृत गराएको हो ।

त्यसैगरि यसै साता काक्रेविहार विकास बैंक र युनाईटेड फाईनान्सले संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गर्न संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गरेका छन् ।

काक्रेविहार विकास बैंकले ६५ हजार २१६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गरेको छ भने छ लाख तीन हजार चार सय २४ दशमलव ९० कित्ता संस्थापक सेयरलाई युनाईटेड फाईनान्सले साधारण सेयरमा रुपान्तरण गरेको छ । रुपान्तरण पछि दुबै कम्पनीको संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर अनुपात ४९ प्रतिशत कायम भएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।