सातको नेप्से :- उत्पादन समूह ८२.७२ अंकले बढ्दा,बीमा समुहमा २३.७१ अंकको गिरावट

May 27, 2017 merolagani

अघिल्लो साता १५.३६ अंकले घटेको नेप्से परिसूचक जेठ दोस्रो  साता सुधारिँदै कारोबार भएको पहिलो दिन आईतबारको तुलनामा २.३४ अंकले बढेर अन्तिम दिन १६ सय २९ दशमलव ५८ अंकमा बन्द हुन पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.१३ अंकले बढेर ३४५.९९ अंकमा आईपुगेको छ ।

यस साता उत्पादमूलक समुह सबैभन्दा बढि ८२.७२ अंकले बढेको छ भने बीमा समुह सबैभन्दा बढि २३.७१ अंकले ओरालो लाग्न पुगेको छ ।

साताको सुरुमा आईतबार २३८१.७४ अंकमा रहेको उत्पादन समुह कारोबार भएको अन्तिम दिन बुधबार २४६४.४६ अंकमा पुगेको छ । उता साताको सुरुमा आईतबार ८७८२.४६ अंकमा रहेको बीमा समुह कारोबार भएको अन्तिम दिन बुधबार ८७५८.७५ अंकमा झर्न पुगेको छ । १२.९६ अंकले बढेको वित्त समुह ७८०.६५ अंकमा पुग्दा विकास बैंकले पनि लय समात्दै ९.५१ अंकले बढेर १९७०.२६ बिन्दुमा पुगेको छ । अन्य समुह ३.१८ अंकले बढेको छ । सातामा बाणिज्य बैंक समुह शुन्य दशमलव ७४ अंकले घटेर १४५८.१७ अंकमा अडिएको छ । जलविद्युत्त समुह ३.२१ अंक, होटल १.५६ अंकले ओरालो लाग्दा व्यापार समुह २१२.७६ अंकमा स्थिर रह्यो ।

नेपाल स्टक एक्सचेन्जमा यस साता एक सय ५५ कम्पनीको २३ हजार सात सय ३५ कारोबारबाट ४५ लाख ६७ हजार ९० कित्ता सेयर दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा यस साता ४.२७ प्रतिशत बढेको छ । गत साता एक सय ५५ कम्पनीको १८ हजार चार सय २८ कारोबारबाट ८३ लाख २६ हजार दुई सय २० कित्ता सेयर दुई अर्ब ५८ करोड १७ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चार दिन कारोबार खुला खुला रहेको यस साता कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु हिमालय जनरल इन्स्योरेन्स, सिद्धार्थ बैंक लिमिटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । जसअनुसार गत साता जस्तै हिमालय जनरल इन्स्योरेन्सले यस साता पनि सबैभन्दा बढि कारोबार हुने कम्पनीमा आफुलाई कायम राखेको छ । हिमालय जनरल इन्स्योरेन्स १३ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार गर्दे अग्रस्थानमा रहेको छ ।

सिद्धार्थ बैंक लिमिटेडले १२ करोड ६३ लाख ६० हजार रुपैयाँ र स्ट्याण्र्डर्ड चार्टर्ड बैंक लिमिटेडले १२ करोड १३ लाख ९० हजार रुपैयाँको सेयर कारोबार गरेका छन् । नेपाल बैंक लिमिटेडको १० करोड ७६ लाख ७० हजार रुपैयाँ तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० करोड ४१ लाख १० हजार रुपैयाँको कारोबार गर्दे उत्कृष्ठ पाँच कम्पनीभित्र समेटिएका हुन् ।

कारोबार भएको सेयर संख्याको आधारमा चार लाख ४४ हजार कित्ता कारोबार गरेको ललितपुर फाइनान्स कम्पनी लिमिटेड संस्थापक सेयरको अधिक कारोबार भएको छ भने १८८९ वटा कारोबार गर्दे कारोबार संख्याको आधारमा मेरो माइक्रोफाइनान्सको धेरै पटक कारोबार भयो ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।