दुई अर्ब कर छलीमा परेका अजय सुमार्गीको “कालो धन” फिर्ता गर्न प्रचण्डको दौडधुप

May 27, 2017 merolagani

 चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रुपैयाँ निकासा गर्न कसरत सुरु भएको समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।

 अन्नपूर्णमा मेनुका कार्की लेख्छिन्, सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए । अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिषद्, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग पनि पटक, पटक छलफल भयो । तर, राष्ट्र बैंकले रोकेर राखेको रकम निकासा गर्न भने सरकारले सकेन ।

सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए । उक्त रकममध्ये ८ अर्ब रुपैयाँ पहिला नै निकासा भइसकेको छ । सुमार्गीले बेलाबेला साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्यान्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए । सुमार्गीले विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् ।
रकम निकासा गर्न आवश्यक कागजात जुटाउन नसक्दा डा. युवराज खतिवडा गभर्नर भएका बेलादेखि उक्त रकम निकासा रोकिएको हो । दाहाल सरकार सत्ताबाट बाहिरिँदै गर्दा अजय सुमार्गीको रोक्का रहेको रकम निकासा गर्न जेठ ४ गते गोप्य निर्णय गरी बाटो खोलिदिएको स्रोतको दाबी छ । यो निर्णयको औपचारिक पुष्टि भने हुन सकेको छैन ।

अजय सुमार्गीको रोक्का रकम निकासाका सम्बन्धमा सरकारबाट नेपाल राष्ट्र बैंकमा शुक्रबारसम्म कुनै आधिकारिक पत्र नआएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पाण्डेले बताउनुभयो । सरकारले निर्णय गरेको भए अहिलेसम्म पत्र आउनुपर्ने उहाँको भनाइ छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी रकम निकासा गर्न निर्देशन दिन सक्छ । तर, रकम निकासाका लागि आवश्यक पर्ने विभिन्न कागजात बुझाउनुपर्ने हुन्छ ।

ुराष्ट्र बैंकले अजय सुमार्गीले ल्याएको रकम निकासा गर्न नदिने भनेर रोकेको हैनु, उहाँले भन्नुभयो, ुयति ठूलो रकम निकासाका लागि आवश्यक कागजात ल्याऊ मात्रै भनेको हो । रकम निकासाका लागि आवश्यक कागजात जुटाउन नसक्दा रकम त्यतिकै बैंकमा रोकिएको हो ।

२०७० सालदेखि नेपाल सरकारको कुनै निकायबाट उक्त रकम नेपाल भित्र्याउन पूर्वसहमति नलिएका कारण स्रोत नखुलेको धनका रूपमा राष्ट्र बैंकले उक्त रकम निकासामा रोक लगाएको हो । अजय सुमार्गीले मुक्ति श्री सिमेन्ट उद्योगमा लगानी गर्न उक्त रकम नेपाल भित्र्याएका हुन् । ठूलो रकम एकाएक बैंकमा आएपछि रकम ल्याउनुको आधार उल्लेख गर्न सकेका थिएनन् ।

साथै नेपाल स्याटेलाइट टेलिकम प्रालिले उद्योगका लागि साइप्रसस्थित एअरवेज सर्भिसेजबाट ६५ मिलियन डलर ऋण लिन अनुमति मागियो । उद्योगको कुल पुँजीभन्दा ऋण बढी देखिएपछि किन भनेर सोध्दा अजय सुमार्गीले त्यस पत्राचारको पनि स्पष्ट पार्न सकेनन् अर्थात पुँजीको स्रोत खुल्न सकेन ।

११ अर्ब कालो धनका मालिक अजयराज पराजुली (सुमार्गी) २ अर्ब कर छलीमा छानबिनको घेराउमा फसेका छन् । नवअर्बपति माओवादी नेता एवं पूर्व बोरा व्यापारी हुन् । सुमार्गीले नेपालमा कम्पनी खोलेर रातारात कालोधन नेपाल भित्र्याएका हुन् ।

दाहाल प्रधानमन्त्री भएपछि रकम निकास गर्न पटक(पटक गर्भनर डा. चिरञ्जीवी नेपाललाई दबाब दिइए पनि हालसम्म निकासा हुन सकेको छैन । सुमार्गीले अहिले थाहा अनलाइन, थाहा टिभी र थाहा दैनिक भन्ने राष्ट्रिय दैनिक पत्रिका प्रकाशन गर्न लागेको स्रोतको दाबी छ ।

महालेखा परीक्षकको कार्यालयले सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट र मुक्ति श्री टेलिकम स्मार्ट फोनको सेयर स्वामित्व परिवर्तन गर्दा २ अर्ब कर छली गरेको प्रमाण फेला पारेको छ । यी दुवै कम्पनीको २०११ र २०१२ मा सेयर स्वामित्व परिवर्तन भएको थियो ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।