कम्पनीले ५ लाख ४० हजार कित्तामध्ये १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले ५ लाख २६ हजार ५ सय कित्ताका लागि आवेदन गर्न पाउनेछन ।
कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न पाइनेछ । जेठ १४ गतेबाट विक्री खुला भएको आइपीओमा छिटोमा जेठ १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यसअघि लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले दुई लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
छ्याङ्दी हाइड्रो जलविद्युत्त कम्पनीको आईपीओले ईक्रा ४ रेटिङ पाएको छ ।
लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निमार्ण गर्दैछ ।
आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई सेयर विक्री प्रवन्धक नियुक्त गरेको छ ।
आइपीओमा आवेदन गर्न ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसीएम मर्चेन्ट, क्यापिटल लिमिटेडहरु एनआईसी, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट दिन सकिने छ ।
आश्वाबाटै आबेदन गर्नुहोस्
आश्वा प्रणालीबाट सेयरमा आबेदन गर्दा लगानीकर्तालाई निकै सजिलो हुने भएको छ । आफ्नो बैंक खाता रहेको बैंकमा गई लगानीकर्ताले निशुल्क रुपमा सेयरमा आबेदन गर्नसक्नेछन् । धेरै बैंकहरुले आश्वा प्रणालीलाई निशुल्क गरिसकेका छन् भने केहीले थोरै शुल्क लिन्छन् ।
आश्बा प्रणालीबाट आबेदन गर्दा आफ्नो बैंक खातामा पैसा हुनुपर्ने, सेयर बाँडफाँड नभएसम्म आफ्नै खातामा पैसा रोक्का हुने र सेयर बाँडफाँडमा सेयर परेमा सेयर परे बराबरको पैसा मात्र खाताबाट काटिएर सम्बन्धित कम्पनीको खातामा जम्मा हुने गर्दछ । यसो गर्दा लगानीकर्ताहरुलाई सेयर आबेदन बुझाउन र सेयर नपरेको पैसा फिर्ताको पुर्जा बुझन् लामो लाईनमा बस्न नपर्ने सुबिधा प्राप्त हुन्छ । अर्कोतर्फ आफ्नै बैंक खातामा रोक्का भएको पैसाको ब्याज समेत पाईने हुँदा लगानीकर्ताहरु दोहोरो फाईदामा हुनेछन् ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।