जनता बैंकले पारित गर्यो सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई किन्ने अन्तिम प्रस्ताब

May 27, 2017 Merolagani

जनता बैंक(JBNL)को बिशेष साधारण सभाले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम प्रस्ताव पारित गरेको छ ।

जनताको शनिबार राजधानीमा भएको बिशेष साधारणसभाले सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई एक बराबर एक सेयर अुनपात कायम हुने गरी प्रािप्त गर्ने प्रस्ताब पारित गरेको हो । यसअघि त्रिेबणी बिकास बैंकलाई आफुमा मिसाएको जनताको सिद्धार्थ समेत जोडिएपछि चुक्ता पूँजी सात अर्ब नाघ्ने छ ।

चालु आर्थिक बर्षको खुद नाफा र सेयर प्रिमियम समेत गरी एक अर्ब १५ करोड रुपैयाँको बोनस सेयर जारी गरेर चुक्ता पुाजी आठ अर्ब पुर्याउने योजना बिशेष साधारणसभामा प्रस्तुत गरिएको थियो । यसअघि जनता बैंकका कर्मचारीहरुले सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई प्राप्ति गर्नु नहुने भन्दै आन्दोलन गरे पनि साधारणसभामा भने कुनै बिरोध र ब्यवधान भएन ।

सिद्धार्थले भने यसअघि नै जनता बैंकसँग बेचिने अन्तिम प्रस्ताब पारित गरिसकेको छ । सिद्धार्थलाई प्राप्ति  गरेको अन्तिम स्वीकृति राष्ट्र बैंकबाट प्राप्त भएमा असारको दोस्रो साताभित्रै संयुक्त बित्तीय कारोबार गर्ने लक्ष्य जनता बैंक ब्यवस्थापनले राखेको छ ।

जनता बैंकमा संस्थागत सुशासनका अबस्था कमजोर रहेकोमा त्रिबेणी र सिद्धार्थ मिसिएपछि त्यसमा सुधार हुने अपेक्षा सेयरधनीहरुले राखेका छन् ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।