नेशनल हाईड्रोमा सधैको लफडा, दुई संचालक बिरुद्ध किन सुरुभयो कारबाही प्रक्रिया ?

May 28, 2017 Merolagani

धेरै सर्वसाधारणको लगानी रहेको नेशनल हाईड्रोपावर कम्पनीमा फेरि लफडा सुरु भएको छ । लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठको एनबी समूहले बिगतमा धरासायी बनाएको नेशनल हाईड्रो अब त सुध्रन्छ भन्ने आशा लगानीकर्ताले राखेका थिए तर कम्पनीमा सुधार हुनुको सट्टा संचालकहरुमै बिबाद बढेको कुरा बाहिर आएको छ ।

कम्पनीले केही समय अघि बक्यौता साधारणसभाहरु एकसाथ सम्पन्न गरेर बिगतमा भएका बदमासीको फेहरिस्त प्रस्तुत गरे पनि संस्थागत सुशासन दयनीय नै रहनु दुर्भाग्यपूर्ण मान्नुपर्छ ।

नेशनल हाईड्रो संचालक समितिले प्रबन्ध संचालक रामबहादुर तामाड. र संचालक प्रकाश रजौरेलाई सार्वजनिक सूचना मार्फत स्पष्टिकरण सोधेपछि नेशनल हाईड्रो फेरि गंभीर बिबादमा फसेको हो ।

नेशनल हाईड्रोले प्रबन्ध संचालक रामबहादुर तामाड.को पदावधि सकिएकाले पदीय हैसियत अनुसार काम नगर्न भनेको छ भने रजौरेलाई पत्रमार्फत सोधिएको स्पष्टिकरणको जवाफ नदिएको भन्दै सार्वजनिक सूचना मार्फत जवाफ तीन दिनभित्र दिन निर्देशन दिएको छ । कम्पनीले उनीहरु दुबैलाई आफुसँग रहेको ल्यापटप, लेटरप्याड, छापसहितका कागजातहरु पनि कम्पनीमा बुझबुझारथ गर्न भनेको छ ।

कम्पनीले सार्बजनिक सूचना मार्फत स्पष्टिकरण सोधेको बिषयमा रजौरेसँग मेरोलगानीले बुझ्दा एनबी समूहले फेरि बखेडा झिकेर आफुमाथि गैरकानुनी कृयाकलपा गरेको आरोप लगाए । उनले कम्पनीलाई सुधारको दिशामा लैजान नदिन र बिगतमा गरिएको बदमासी ढाकछोप गर्न अहिले षडयन्त्रपूर्वक तामाड. र आफुमाथि कारबाहीको तयारी गरिएको हो भने ।

एक अर्ब ३८ करोड चुक्ता पूँजी रहेको नेशनल हाईड्रोमा एनबी समूहको १६ लाख कित्ता सेयर अझै बाँकी छ भने निर्मल प्रधानले केही सेयर बेचेका छन् । हाथ्वे समूहले नेशनल हाईड्रोको केही कित्ता सेयर किनेपछि कम्पनी अब सुधारको दिशामा जाने अपेक्षा गरिएको थियो तर नयाँ लफडा सुरु भएपछि सुधार प्रक्रिया पनि अन्योलमा परेको छ ।

सिन्धुपाल्चोकमा सात मेगावाटको आयोजनाबाट बिद्युत उत्पादन गरिरहेको कम्पनीले बर्षौदेखि लगानीकर्तालाई कुनै प्रतिफल दिन सकेको छैन । कम्पनीमा एनबी समूहले बिगतमा गरेको बदमासीका कारण झै ५५ करोड जगेडा घाटा रहेको छ ।

जलबिद्युत क्षेत्रमा अलग्गै नियमनकारी निकाय बनाउने तर्फ सरकार उदासिन रहेकाले त्यसको प्रत्यक्ष मार नेशनल हाईड्रोका लगानीकर्ताले भोग्दै आएका छन् । सेयरधनीबाट संकलन गरिएको र बिद्युत उत्पादनबाट हुने करोडौ आम्दानी संचालक तथा कर्मचारीहरुले आफुखुशी दुरुपयोग गर्ने गरेका छन् ।

सिन्धुपाल्चोकको तल्लो ईन्द्रावति साढे चार मेगावाट आयोजनाको लाईसेन्स फेरि हात पार्ने र भोजपुरमा साढे १२ मेगावाटको ईर्खुवाखोला आयोजना बनाउने भन्ने कुरामा पनि संचालकहरु बीचको बिबाद मिल्न नसक्दा कुनै काम अगाडि बढ्न सकेको छैन ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।