माछापुच्छ्रे र सिद्धार्थ बैंकको हकप्रद सुरक्षित गर्ने आईतबार अन्तिम दिन

May 28, 2017 merolagani

माछापुच्छ्रे (MBL)  र सिद्धार्थ बैंक (SBL) को हकप्रद सुरक्षित गर्ने आईतबार अन्तिम दिन हो । दुबै बैंकले जेठ १६ गते सेयरधनी किताब बन्द गर्ने भएकाले आईतबारसम्म सेयर किनेका लगानीकर्ता मात्र दुबै बैंकको हकप्रद भर्न पाउनेछन् । माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १२ प्रतिशत र सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद जारी गर्नका लागि जेठ १६ गते मंगलबार सेयरधनी किताब बन्द गर्न लागेका हुन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १२ प्रतिशत अर्थात विद्यमान १० कित्ता बराबर एक दशमलव दुई कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न सेयरधनी किताब बन्द गर्ने मिति तोकेको हो ।  

बैंकको हकप्रद एनएमबि क्यापिटल लिमिटेडले बिक्री गर्देछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी ७ अर्ब ३९ करोड रुपैयाँ नाघ्नेछ ।  बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६० पैसा कायम गरेको छ । बैंकको सेयर नेप्सेमा आईतबार प्रतिकित्ता ४१५ रुपैयाँ हाराहारीमा  कारोबार भएको छ ।

उता सिद्धार्थ बैंकले १ अर्ब ५७ करोड ५२ लाख ५७ हजार ८१३ रुपैयाँको १ करोड ५७ लाख ५२ हजार ५७८ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल बैंकको चुक्ता ५ अर्ब २५ करोड ८ लाख ५९ हजार रुपैयाँ छ । ३० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रद लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिक्री गर्देछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ९५ करोड ७० लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पैसा  ( बार्षिक) र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७६ पैसा छ । बैंकको सेयर नेप्सेमा आईतबार प्रतिकित्ता ६७५  रुपैयाँ हाराहारीमा कारोबार भएको छ । 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।