सरकारको नीति तथा कार्यक्रम संसदद्धारा पारित

May 28, 2017 merolagani

 सरकारले व्यवस्थापिका संसदमा पेश गरेको आर्थिक वर्ष २०७४/७५ को निती तथा कार्यक्रम संसदबाट पारित भएको छ । आज बसेको व्यवस्थापिका संसदको बैठकमा पेस भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएका थिए ।

 

प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका दलका सांसदहरुले नीति तथा कार्यक्रममा बारेमा धाराणा राखेका थिए । नीति तथा कार्यक्रमका बारेमा नेकपा (एमाले)का तर्फबाट रेवतीरमण भण्डारीले संसदमा धारणा राखेका थिए ।

नीति तथा कार्यक्रम चालु आर्थिक वर्ष कै निरन्तरता भएको उल्लेख गर्दैै सांसद भण्डारीले यसले वर्तमान अवस्थामा मुलुकमा सबैलाई एक ढिक्का बनाएको र कोही पनि पक्ष विपक्ष नभएको बताए । सरकारले विद्युतभार कटौती अन्त्य र आर्थिक वृद्धिमा प्राप्त गरेको सफलता सकारात्मक भएको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रममा जनतामा विश्वास जगाउने कुरा आएको बताएका थिए ।

नेकपा (माओवादी केन्द्र) की रेखा शर्माले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारको अधिकार गाउँ नगरसम्म पुर्याउने कार्य प्रशंसायोग्य भएको उल्लेख गर्दै आर्थिक वृद्धिदर र उज्यालो नेपाल स्वागतयोग्य रहेको बताइन । छलफलमा राप्रपाका परशुराम तामाङले र सङ्घीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपालीले लगायतले धारणा राखेका थिए ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।