स्वरोजगारको हकप्रद सेयर एनएमबि क्यापिटलले बिक्री गर्नेछ । कम्पनीले जेठ १७ गते सेयरधनी किताब बन्द गर्ने भएकाले बिक्री गर्न लागेको दुई बराबर एक अनुपातको हकप्रदमा जेठ १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।
सेयरधनीले हकप्रदमा विक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, स्वरोजगारको शाखा कार्यालयहरु (काभ्रेको बनेपा,पनौती, चितवनको गीतानगर, भरतपुर, टाँडी र पर्साबजार तथा मकवानपुरको हेटौंडा र मनहरी ) बाट हकप्रद भर्न सक्नेछन् ।
यस्तै एनएमबि बैंकको शाखा कार्यालयहरु तीनकुने, सूर्यविनायक, कुमारीपाटी, बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगन्ज, धनगढी, पोखरा, वीरगन्ज, जनकपुर, नारायणगढ र बिर्तामोड शाखाबाट पनि हकप्रद भर्न सक्नेछन् । असार १ गते खुला भएको कम्पनीको हकप्रद साउन ४ गते बन्द हुनेछ ।
६ करोड ९९ लाख ९८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको स्वरोजगारको हकप्रद बिक्रीपश्चात १० करोड ४९ लाख ९८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
कम्पनीले चैत कसान्तसम्ममा दुई करोड चार लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३८.८५ रुपैयाँ कायम गरेको छ । आईतबार कम्पनीको सेयर नेप्सेमा प्रतिकित्ता २५८० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।