एक नेपालीको टाउकोमा २१ हजार ६ सय ६५ रुपैयाँ ऋण,कमाई पनि बढ्यो

May 28, 2017 merolagani

एक नेपालीको टाउकोमा २१ हजार ६ सय ६५ रुपैयाँ ऋण रहेको छ । सरकारले आर्थिक बर्ष ७३/७४ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सो जानकारी गराएको हो । आइतबार संसदमा अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका थिए ।

चालु आर्थिक बर्षको आठ महिनाको भुत्तानी गर्न बाँकी कुल ऋणलाई आधार मान्दा यो बर्ष प्रतिव्यक्ति ऋण २१ ह्जार ६ सय ६५ रुपैयाँ पुगेको अर्थमन्त्री महराले जानकारी दिए । अघिल्लो आर्थिक बर्षको भन्दा प्रतिव्यक्ति ऋण कम हो । ७२/७३ मा प्रतिव्यक्ति ऋण २२ हजार ८१ रुपैयाँ रहेको थियो । एकबर्षको अवधिमा प्रतिव्यक्ति ऋण ४१६ रुपैयाँले कमी आएको छ ।

सर्वेक्षण अनुसार चालु आर्थिक बर्षमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन प्रतिव्यक्ति ऋणको तुलनामा चार गुणाले बढेको छ । चालु आर्थिक बर्षको अन्त्यसम्ममा भुक्तानी गर्न बाँकी ऋणको परिमाण अझै बढ्न सक्ने हुँदा प्रतिव्यत्ति ऋण अझै बढ्न सक्ने अर्थमन्त्रालयले जनाएको छ ।

आर्थिक बर्ष ७२/७३ मा प्रतिव्यक्ति वैदेशिक ऋण १३ हजार ६ सय ७४ रुपैयाँ रहेकोमा आठ महिनाको आधारमा यस्तो ऋण ७३/७४ मा १३ हजार ५ सय ७४ रुपैयाँ पुगेको छ ।

मन्त्रालयका अनुसार यस वर्ष नेपालीको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि भएको छ । गत आर्थिक वर्षमा नेपालीको वार्षिक आम्दानी अमेरिकी डलर ७५७ रहेकोमो चालु आर्थिक वर्ष २०७३/७४ मा अमेरिकी डलर ८६२ पुगेकोे छ ।

आर्थिक सर्वेक्षण अनुसार एक नेपालीको बार्षिक आम्दानी १० हजार ८ सय १५ रुपैयाँले बढेको हो। यस्तो आम्दानी बार्षिक ८८ हजार ७ सय ८५ रुपैयाँ पुगको छ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।