कन्काई विकास बैंकले धितोपत्र बोर्डबाट पायो हकप्रद जारी गर्ने अनुमति

May 28, 2017 merolagani

कन्काई विकास बैंकलाई धितोपत्र बोर्डले आईतबार २१४ प्रतिशत (एक बराबर दुई दशमलव १४ कित्ता) हकप्रद जारी गर्ने अनुमति दिएको छ । बोर्डले ३२ करोड १० लाख रुपैयाँको एक सय रुपैयाँ अंकित दरका ३२ लाख १० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति प्रदान गरेको हो ।

झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकले हकप्रद बिक्री गर्नका लागि कन्काईले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले चैत मसान्तसम्म तीन करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २०.९७ रुपैयाँ कायम गरेको छ । २१४ प्रतिशत हकप्रद जारीपछि पूँजी वृद्धि अनुसार आम्दानी बढ्न नसक्दा बैंकको प्रतिसेयर आम्दानी निकै कम हुने हुनाले हकप्रदको आशमा उचालिएर बैंकको सेयर किन्नु घातक हुनसक्छ । 

हाल १५ करोड रुपैयाँ बैंकको चुक्ता पूँजी रहेको कन्काईको हकप्रद बिक्रीपछि ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ । बाँकी रहेको दुई करोड ९० लाख रुपैंया बराबरको बोनस बितरण गरी कन्काइले चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउने छ । बैंकको सेयर आईतबार नेप्सेमा प्रतिकित्ता ६०७ रुपैयाँमा कारोबार भएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।