राधी विद्युतको लमजुङ्गबासीका लागि खोलिएकोआईपीओ बाँडफाँड

May 29, 2017 merolagani

राधी विद्युत कम्पनी लिमिटेड (RBCLL) ले लमजुङ्गबासीका लागि खोलेको साधारण सेयर बाँडफाँड गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासीन्दाका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकीत चार लाख १० हजार कित्ता साधारण सेयर बैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म निष्काशन गरेको थियो ।

राधी विद्युत कम्पनी लिमिटेडले उद्योग प्रभावित क्षेत्रका बासीन्दाका लागि खुला गरेको आईपीओ सेयरका लागि दुई सय पाँच जनाले आवेदन गरेकोमा चार जना आवेदकको आवेदन फारम दोहोरो र रित नपुगेको कारण रद्ध भएको कम्पनीको सेयर रजिष्ट्रार नविल ईन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । 

रद्ध भएका चार आवेदकले पाँच हजार पाँच सय ५० कित्ता सेयरका लागि आवेदन गरेका थिए । आवेदन रद्ध भई सेयर पाउन नसकेका लगानीकर्ताको रकम फारम उल्लेखित बैंक खातामा नै जम्मा गरिने सेयर रजिष्ट्रार नविल ईन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।

निष्काशित सेयरमध्ये अति प्रभावित साबिक घेर्मु गाबिस हाल मस्याङ्दी गाउँपालिका वडा नम्बर ५ का बासिन्दालाई ६० प्रतिशत बराबर हुन आउने दुई लाख ४६ हजार कित्ता र बाँकी न्युन प्रभावित क्षेत्र साबिक ताघ्रिङ्ग गाबिस हाल मस्याङ्दी गाउँपालिका वडा नं ४ का लागि बासिन्दाका लागि एक लाख ६४ हजार कित्ता सेयर निष्काशन खुला गरिएको थियो ।

स्थानीयको लागि निकालेको सेयर बाँडफाँड गरेकाले अब कम्पनीले देशभरका सर्बसाधारणका लागि छुट्याएको छ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

राधी साना जलविद्युत ६० करोड रुपैयाँमा सम्पन्न भएको आयोजना हो । जसमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुक्त रुपमा ऋण लगानी गरेका छन । साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।