बजेट भाषण केहीबेरमा,पौने १३ खर्बको बजेट मन्त्रिपरिषदबाट पास

May 29, 2017 merolagani

सरकारले आगामी आर्थिक बर्षको बजेट केहीबेरमा सार्वजनिक गर्देछ । जसका लागि तयारी पुरा भएको सरकारले जनाएको छ । आजै बसेको मन्त्रिपरिषद बैठकले बजेट बक्तव्य समेत पारित गरेको छ ।


उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले अब केही बेरमा पौने १३ खर्ब रुपैयाँको बजेट संसदमा प्रस्तुत गर्दैछन्।

सरकारले आगामी आव २०७४/७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । जून आकार चालु आवको भन्दा करिब २२ प्रतिशतले बढी हो ।

गत वर्ष सरकारले १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत गरेको थियो ।

सरकारले ७ सय ४४ स्थानीय तहको लागि एकमुष्ठ रुपमा २ खर्ब १५ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । एउटा गाँउपालिकाले भने कम्तिमा १० करोड रुपैयाँ पाउने गरि बजेट बनाइएको छ ।

स्थानीय तहको द्रोस्रो चरणको निर्वाचन बाँकी नै रहेकाले सरकारले निर्वाचन आचार संहिताको कारणले बजेटमा नयाँ कार्यक्रम ल्याउने छैन।

गत आर्थिक बर्ष सुरु भएका कार्यक्रम, पुनर्निर्माण र स्थानीय निकायलाई अनुदानमा बजेट छुट्याइएको छ।

आगामी आर्थिक वर्ष ८ खर्ब १७ अर्ब रुपैयाँ राजस्व उठाउने बजेटको लक्ष्य छ । त्यसैगरी, २ खर्ब १४ बैदेशिक ऋण तथा सहायताबाट, १ खर्ब १५ र्अ रुपैयाँ आन्तरिक ऋणबाट उठाउने सरकारको लक्ष्य छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।