२२५ प्रतिशत हकप्रद प्रस्ताव राखेर कर्णालीले डाक्यो विशेष साधारणसभा

May 29, 2017 merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने ध्येयका साथ कर्णाली डेभलपमेन्ट बैंक (KRBL) ले फेरी असार ३ गते विशेष साधारणसभा बोलाएको छ । बैंककको जेठ १२ गते बसेको सञ्चालक समिति बैंठकले २२५ प्रतिशत हकप्रद प्रस्ताव राखेर विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । जेठ २१ गतेसम्म बैंकको सेयरधनी बनेका लगानीकर्ताले विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।

बैंकले मर्जर वा अन्य विकल्पतिर नलागि हकप्रदबाटै चुक्ता पूँजी पुर्याउने उदेश्यका साथ विशेष साधारणसभा डाकेको हो । यसअघि बैंकले गत फागुन २१ गते विशेष साधारणसभा बोलाएको थियो ।

नेपालगञ्जमा प्रधान कार्यालय रहेको बैंकले दुई सय पच्चिस प्रतिशत हकप्रद अर्थात एक कित्ता बराबर दुई दशमलव २५ कित्ता हकप्रद जारी गर्न लागेको हो । हाल बैंकसँग १५ करोड १० लाख रुपैँयाको चुक्ता पूँजी रहेको छ हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४९ करोड सात लाख पुग्नेछ ।

बैंकको छैटौं बार्षिक साधारणसभाले १५ करोड १० लाख रुपैँयाको चुक्ता पूँजीको आठ प्रतिशत (एक करोड २० लाख ८० हजार रुपैयाँ) बोनस प्रस्ताव पारित गरेको छ । राष्ट्र बैंकले एक देखि तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको चुक्ता पूँजी २०७४ असार मसान्तसम्म ५० करोड पुर्याउन निर्देशन गरेको अनुसार बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड २८ लाख पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३८ लाख तीन हजार खुद नाफा कमाएको कर्णालीको निष्कृर्य कर्जा अनुपात ४.७२ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी चैत मसान्तसम्म मात्र २.५२ रुपैयाँ रहेको छ । २२५ प्रतिशत हकप्रद जारी गरेपछि बैंकको प्रतिसेयर आम्दानी निकै घट्नेछ । त्यसकारण बैंकले आम्दानीको क्षेत्र पहिचान गरि उल्लेख्य बढाउनुपर्ने देखिन्छ । पूँजी बढेअनुसार आम्दानी बढाउन नसक्ने बैंक तथा वित्तिय संस्थाको सेयर महँगो मूल्यमा किन्दा लगानीकर्ताले यसअघिको कम्पनीको वित्तिय अवस्था अध्ययन गरेर मात्र लगानी गर्नु श्रेयकर हुन्छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।