नेपाल बैंक लिमिटेडद्वारा विद्यालयलाई ५२ लाख सहयोग

May 29, 2017 merolagani

नेपाल बैंक लिमिटेड (NBL) ले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ ।



वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापालाई सो रकम हस्तान्तरण गरे ।

बैंक सञ्चालक सदस्य सिंहले यस बैंकको इतिहासमा यति धेरै रकम सहयोगस्वरुप प्रदान गरेको पहिलोपटक भएको उल्लेख गर्दै सो रकम सदुपयोग गरी यस विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्न आग्रह गरे ।

इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वंशलाल तामाङले १९६० सालमा स्थापित सिन्धुपाल्चोककै सबैभन्दा पुरानो यस ऐतिहासिक विद्यालयलाई गरिएको सहयोग एक सुखद संयोग रहेको चर्चा गर्दै सबै नाफामुलक कम्पनीद्वारा यस्तै उदार मनले सहयोग भए देशको आर्थिक सामाजिक परिवर्तनले गति पाउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापालगायतका पदाधिकारीले प्राप्त रकमको पूर्ण सदुपयोग गरिने प्रतिबद्धता प्रकट गरे ।

यस विद्यालयका सबै भवन २०७२ को विनाशकारी भूकम्पबाट पूर्ण क्षतिग्रस्त भएपछि २५० विद्यार्थी अस्थायी टहरामा अध्ययन गर्दै आएका थिए । बैंकको सहयोगबाट यस स्थानमा करिब तीन हजार वर्गफिटको दुईतले आठकोठे पक्की भवन निर्माण हुनेभएको छ ।

नेपालकै अगुवा बैंकका रुपमा रहेको यस बैंकले देशका ५३ जिल्लामा १३० शाखा कार्यालय आठ एक्स्टेन्सन काउन्टरको कार्य सञ्जालमार्फत जनतालाई इ–बैंकिङ, मोबाइल बैंकिङलगायतका अनलाइन सेवा उपलब्ध गराउनुका साथै हाल रु ८४ अर्ब निक्षेप सङ्कलन गरी रु ७४ अर्ब कर्जा प्रवाह गरेको बैंकका प्रेस संयोजक मुकुन्द अर्यालले बताए । रासस

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।