वैदेशिक रोजगारीमा जानेले अनिवार्य बैंक खाता खोल्नु पर्ने र रेमिट्यान्स सोही खातामा पठाउनुपर्ने

May 29, 2017 merolagani

सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरुले अनिवार्य बैंक खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री कृष्ण बाहदुर महराले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दे सो जानकारी दिएका हुन।



वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रकम उत्पादनमुलुक क्षेत्रमा लगानी गर्ने उदेश्यले सरकारले यस्तो व्यवस्था गरेको अर्थमन्त्री महराले जानकारी दिए । सरकारले यस्तो रेमिट्यान्स जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने योजना अघि सारेको छ ।

विदेशमा गएका युवाहरुले अनिवार्य रुपमा बैंक खातामा रेमिट्यान्स पठाउन समेत प्रोत्साहन गरेको छ ।


कामदारले पठाएको विपे्रषणलाई सदुपयोग गर्ने उद्देश्यले उनीहरुलाई सहभागी गराएर ‘रेमिट हाइड्रो’ लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नेसमेत बजेटमा उल्लेख छ ।

सीप विकास तालिमलाई प्राथमिकता दिइने, सीप लिएकाहरुलाई आयआर्जनका कार्यक्रम गर्न स्रोत उपलब्ध गराइने, रोजगार र स्वरोजगारका माध्यमबाट रोजगारीमा पहुँच वृद्धि गरिने र सीपमूलक तालिम लिएकाहरुलाई सहुलियत दरमा पुँजी उपलब्ध गराइने बजेटमा उल्लेख छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।