साथै सरकारले बचतलाई प्रोत्साहन गर्न प्रत्येक नेपालीलाई एक बैंक खाता अनिवार्य रुपमा खोल्न प्रोत्साहन समेत गर्ने भएको छ । त्यस्तै वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनलाई निरन्तरता दिने भएको छ ।
बजेटले वित्तीय साक्षरता, शाखारहित बैंकिङसेवा, पुनकर्जा, कृषि कर्जामा प्रोत्साहन गर्ने भएको छ ।
साथै सरकारले बीमा कम्पनीहरुलाई अनिवार्य रुपमा नेपालकै पुनविमा कम्पनीमा पुर्नविमा गराउनुपर्ने व्यवस्था गरेको छ । पुर्नविमा मार्फत विदेशमा ठुलो धनराशी बाहिरीएको भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।
त्यस्तै विमा व्यवसाय विस्तार कार्यलाई सरकारले जोड दिएको छ ।
राज्यका सबै भुक्तानी सरकारी बैंक खतामा मार्फत गर्न र अन्तराष्ट्रिय कारोबारको पेमेन्ट इपेमेन्ट अनिवार्य गर्ने कार्यक्रम समेत सरकारले अगाडि सारको छ ।