राजश्व बाँडफाँड व्यवस्थीत गर्न संघिय वित्तीय प्रणालीमा सुधार गरिने

May 29, 2017 merolagni

रक्सी र चुरोटको मूल्य बढ्यो

सरकारले स्थानीय तहहरुलाई वित्तीय रुपमा आत्मनिर्भर बनाउन संघिय वित्तीय प्रणालीमा सुधार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक बर्षको बजेट पेश गर्दै उपप्रधान एवंम अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहलाई आत्मनिर्भर बनाउन स्थानीय तहले नै कर निर्धारण गर्न सक्ने बताए ।



मन्त्री महराले राजश्व बाँडफाँड व्यवस्थीत गर्न संघ, प्रदेश र केन्द्रको संघिय वित्तीय प्रणालीमा सुधार हुनेगरी राजश्व प्रणाली सुधार गर्ने योजना सरकारको रहेको बताए ।

स्थानीय तहहरुले आत्मनिर्भर बन्न वित्तीय क्षेत्रको निश्चित हिस्सा स्थानीय तहले नै जुटाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले स्थानीय निकायलाई करका दर र दायारा तोक्ने अधिकार प्रत्योजन गरिने पनि बताए।

अर्थमन्त्री महराले कर सम्बन्धी विवादको लागि स्थायी सयन्त्र बनाउने तयारी भएको बताए ।

रक्सी र चुरोटको मूल्य बढ्यो

सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ ।

बजेट पेश गर्दै उपप्रधान एवंम अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचन आंचरसहिताको कारण स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको जानकारी दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।