नेशनल हाईड्रोका अध्यक्षमाथि गम्भिर आरोप,स्पष्टिकरण माथि स्पष्टिकरणको ओईरो

May 31, 2017 merolagni

धेरै सर्वसाधारणको लगानी रहेको नेशनल हाईड्रोपावर कम्पनी (NHPC) को संचालकहरुको विवाद फेरि छताछुल्ल भएको छ । कम्पनीका संचालकहरुले सार्वजनिक रुपमानै कम्पनीले सोधेको स्पष्टिकरण प्रकाशित गर्ने दोहोरी नै चल्न थालेको छ । त्यस्तै एक संचालकले कम्पनीका अध्यक्षले आफ्नो पारिश्रमिकको केही हिस्सा लिने गरेको गम्भिर आरोप समेत लगाएका छन ।



एनबी समूहले बिगतमा धरासायी बनाएको नेशनल हाईड्रो अब त सुध्रन्छ भन्ने आशा लगानीकर्तामा जागेका बेला कम्पनीमा सुधार हुनुको सट्टा संचालकहरुकै बिबादको भुमरीमा अल्झदा सर्वसाधारण लगानीकर्ताको लगानीको जोखिम बढ्दै जान थालेको छ ।

नेशनल हाईड्रो संचालक समितिले प्रबन्ध संचालक रामबहादुर तामाड. र संचालक प्रकाश रजौरेलाई सार्वजनिक सूचना मार्फत स्पष्टिकरण सोधेपछि नेशनल हाईड्रो फेरि गंभीर बिबादमा फसेको बिषय बाहिर आएको हो ।

नेशनल हाइड्रोका प्रबन्ध संचालक राम बहादुर तामाङ र संचालक प्रकाश रजौरेले एक राष्ट्रिय दैनिक पत्रिका मार्फत कम्पनीले सोधेको स्पष्टिकरणको जवाफ दिदै गम्भिर आरोप लगाएका छन । रजौरेले जारी गरेको विज्ञप्तिमा आफ्नो पारिश्रमिकको केहि हिस्सा रकम अध्यक्ष पाण्डेलाई बुझाउने गरेको खुलाशा गरेका छन ।

यस अघि कम्पनीले कम्पनीका प्रबन्ध संचालक तामाङ र संचालक रजौरेलाई सोधिएको स्पष्टिकरण पत्र पनि पत्रिकामा नै प्रकाशित गरेका थिए ।

नेशनल हाईड्रोले प्रबन्ध संचालक रामबहादुर तामाड.को पदावधि सकिएकाले पदीय हैसियत अनुसार काम नगर्न भनेको छ भने रजौरेलाई पत्रमार्फत सोधिएको स्पष्टिकरणको जवाफ नदिएको भन्दै सार्वजनिक सूचना मार्फत जवाफ तीन दिनभित्र दिन निर्देशन दिएको थियो ।

साथै कम्पनीले उनीहरु दुबैलाई आफुसँग रहेको ल्यापटप, लेटरप्याड, छापसहितका कागजातहरु पनि कम्पनीमा बुझबुझारर्थ गर्न भनेको थियो ।

 

 

एक अर्ब ३८ करोड चुक्ता पूँजी रहेको नेशनल हाईड्रोमा एनबी समूहको १६ लाख कित्ता सेयर अझै बाँकी छ भने निर्मल प्रधानले केही सेयर बेचेका छन् । हाथ्वे समूहले नेशनल हाईड्रोको केही कित्ता सेयर किनेपछि कम्पनी अब सुधारको दिशामा जाने अपेक्षा गरिएको थियो तर नयाँ लफडा सुरु भएपछि सुधार प्रक्रिया पनि अन्योलमा परेको छ ।

सिन्धुपाल्चोकमा सात मेगावाटको आयोजनाबाट बिद्युत उत्पादन गरिरहेको कम्पनीले बर्षौदेखि लगानीकर्तालाई कुनै प्रतिफल दिन सकेको छैन । कम्पनीमा एनबी समूहले बिगतमा गरेको बदमासीका कारण झै ५५ करोड जगेडा घाटा रहेको छ ।

जलबिद्युत क्षेत्रमा अलग्गै नियमनकारी निकाय बनाउने तर्फ सरकार उदासिन रहेकाले त्यसको प्रत्यक्ष मार नेशनल हाईड्रोका लगानीकर्ताले भोग्दै आएका छन् । सेयरधनीबाट संकलन गरिएको र बिद्युत उत्पादनबाट हुने करोडौ आम्दानी संचालक तथा कर्मचारीहरुले आफुखुशी दुरुपयोग गर्ने गरेका छन् ।

सिन्धुपाल्चोकको तल्लो ईन्द्रावति साढे चार मेगावाट आयोजनाको लाईसेन्स फेरि हात पार्ने र भोजपुरमा साढे १२ मेगावाटको ईर्खुवाखोला आयोजना बनाउने भन्ने कुरामा पनि संचालकहरु बीचको बिबाद मिल्न नसक्दा कुनै काम अगाडि बढ्न सकेको छैन ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।