सनराईज् बैंकले खोल्यो हेटौंडामा नयाँ शाखा

May 31, 2017 merolagani

सनराईज् बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडामा बुधबार नयाँ शाखा स्थापना गरेको छ । बैंकले साबिकको नारायणी नेशनल फाइनान्सलाई प्राप्ती गर्दा नारायणगढमा दोहोरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई हेटौंडामा बुधबार स्थानान्तरण गरेको हो ।

सनराईज् बैंकको हेटौंडा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यलय वीरगंजका निर्देशक धनन्जय शर्मा र हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपमा गरे । शाखा स्थापनासँगै मकवानपुर क्षेत्रका ग्राहकलाई उच्चस्तरीय बैंकिङ्ग सेवा र थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउने बैंकको लक्ष्य राखेको छ । बैंकले शाखाबाट ग्राहकहरुलाई भारी छुटका साथ लकर सेवा समेत उपलब्ध गराउने छ ।

 

 

बैंकले ७० शाखा, ८१ एटिएम र मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर र १६ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।