एनबि इन्स्योरेन्सले हकप्रदका लागि जेठ ४ गते बुकक्लोज गरेकाले जेठ ३ गतेसम्म कम्पनीको सेयर किनेका लगानीकर्ताले शतप्रतिशत हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
कम्पनीले हकप्रद सेयर जारी गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । हकप्रदमा उपत्यका भित्र विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल,एनबी इन्स्योरेन्सको केन्द्रिय कार्यालय नक्साल, शाखा कार्यालयहरु गोंगबु, कलंकी, कोटेश्वर र सल्लाघारीबाट हकप्रद आवेदन फर्म प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
त्यस्तै उपत्यका बाहिर कम्पनीको कार्यालयहरु विराटनगर, बुटवल, वीरगञ्ज, पोखरा, बनेपा, नारायणगढ, नेपालगञ्ज, जनकपुर, दोलाखा, बर्दिवास, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, दाङ, हेटौंडा र धनगढी शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । हकप्रद फर्म ग्लोबल आइएमई क्यापिटल तथा इन्स्योरेन्सको वेभसाइटबाट डाउनलोड गरेर समेत सेयरधनीले बुझाउन सक्नेछन् । असार ५ गते खुला भएको कम्पनीको हकप्रद साउन ९ गते बन्द हुनेछ ।
एनबि समुहले धरासायी बनाएको इस्योरेन्सलाई आईएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित विकास गर्न र पूँजी वृद्धिलाई प्राथमिकतामा राखेको छ । यस अघि ८० प्रतिशत हकप्रद निष्काशन गरेको इन्स्योरेन्सले बीमा समितिले एक अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने निर्णय गरेपछि शतप्रतिशत हकप्रद फेरि शतप्रतिशत हकप्रद निष्काशनको गर्न लागेको हो ।
कम्पनीले चैत मसान्तसम्ममा छ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३० रुपैयाँ ६५ पैसा कायम गरेको छ । इन्स्योरेन्सको सेयर नेप्सेमा विहीबार प्रतिकित्ता ११६० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।