सनराईज बैंकको हकप्रद तपाईले कति कित्ता भर्न पाउनुहुन्छ ? आवेदन फारम सहित

Jun 02, 2017 Merolagani

सनराईज बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले निष्काशन गरेको हकप्रदमा आवेदन गर्न सेयरधनीलाई सजिलो होस् भनेर यो सामग्री तयार पारिएको छ । हेर्नुस् तपाईले कति भर्नु पर्छ हकप्रद ?

बैंकले उपलब्ध गराएको यो लिंकमा गएर आफ्ने नाम अनि डिम्याट खाता नम्बर राखेर कति कित्ता सेयर भर्नु पर्ने हो यकिन गर्नु होस् । कागजी सेयर प्रमाणपत्र छ भने नाम र सेयरधनी नम्बर राखेर हकप्रदको विबरण हेर्नुहोस् ।

बैंकको हकप्रद भर्न आवश्यक पर्ने आवेदन फारम पनि यहाँ उपलब्ध गराइएको छ । यो लिंकमा गएर आवेदन फारम डाउनलोड गरि प्रिन्ट गरेर भर्न सकिन्छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुने एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । सनराईज बैंकले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई तोकेको छ ।

बैशाख २८ गते विहीबारसम्म बैंकको सेयरमा स्वामित्व कायम गरेका सेयरधनीले असार १९ गतेसम्म प्रभु क्यापिटल लिमिटेड कमलादी तथा सनराईज बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रद भर्न सक्नेछन् ।

बैंकको अहिले चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको छ । ३० प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ ।

...[सनराईज बैंकको ३० प्रतिशत हकप्रद खुल्यो, असार १९ गतेसम्म आवेदन दिन सकिने]...

 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।