बीमा समितिले तोकेको पूँजी पुर्याउने क्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । हकप्रदका लागि भने कम्पनीले फेरी अर्को बुक क्लोज मिति तोक्नेछ । कम्पनीले अहिले गरेको बुकक्लोज भने साधारणसभा र बोनस सेयर प्रयोजनका लागि मात्र हो ।
हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैयाँ रहेको छ । आठ प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
त्यसपश्चात ५० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार लाइफ इन्स्योरेन्स कम्पनीले ०७५ अषाढसम्ममा दुई अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ ।
कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले कुल बीमा शुल्क तीन अर्ब ८९ करोड उठाएको भने जगेडा कोषमा २१ करोड तथा बीमा कोषमा दुई अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।