क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारमणि ढकालले दिएको जानकारी अनुसार यो तथ्यांक प्रारम्भिक मात्र हो । ‘सेयर निष्काशन सुरु हुँदा संस्थागत लगानीकर्ताको आवेदन लिने कि नलिने भन्नेमा अन्यौलता थियो । अहिले त्यस्तो आवेदन रद्ध गराउन धितोपत्र बोर्डले निर्देशन दिइसकेको छ । साथै आस्बाको अन्तिम नतिजा बैंकहरुबाट आउने क्रम जारी छ ।’ उनले भने ।
ढकालका अनुसार संस्थागत लगानीकर्ताको आवेदन रद्ध गर्दा कुल आवेदन रकम केही घट्ने छ भने आस्बाको अन्तिम नतिजा आउँदा वास्तविक तथ्यांक आउने छ । उनका अनुसार अहिले सेयर आवेदन रुजु गर्ने काम भैरहेको छ ।
प्रमुख कार्यकारी ढकालका अनुसार छ्याङदीको साधारण सेयरमा कुल ९० हजार १३५ वटा आवेदन परेका छन् । जस मध्ये आस्वाबाट मात्रै ५९ हजार ८१९ आवेदनबाट दुई अर्ब ७३ करोड ४२ लाख १५ हजार छ सय रुपैंयाको आवेदन परेको छ ।
आस्वाबाहेकको सामान्य प्रकृयाबाट ३० हजार तीन सय १६ वटा आवेदनबाट ९८ करोड ८७ लाख २३ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको छ ।
छ्याङ्दीले जेठ १४ देखि १८ गतेसम्म पाँच लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।