हाल कम्पनीको एक अर्ब ६ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार पाँच सय रुपैंया पुग्नेछ ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले चार करोड ९८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ७२ पैसा कायम गरेको छ ।
यसअवधिमा कम्पनीले ५ अर्ब ७८ करोड वीमाशुल्क आर्जन गरेको छ । कम्पनीले जीवन बिमा कोषमा ३१ अर्ब ८९ करोड १७ लाख रुपैयाँ तथा जगेडाकोषमा २२ करोड ९८ लाख ९१ हजार रुपैयाँ राखेको छ ।