राजधानीबाट दिउँसै लुटियो ३२ लाख रुपैयाँ

Jun 02, 2017 merolagani

 

काठमाडौंको म्हेपीबाट ३२ लाख रुपैयाँ लुटिएको छ । एनएमबी बैक महाराजगंज शाखाबाट पैसा निकालेर फर्कने क्रममा मोटरसाइकलमा आएका २ जनाको समुहले रकम लुटेर फरार भएको सोह्रखुट्टे प्रहरीले जनाएको छ ।

 

जग्गा कारोबारीहरु रोशन बोगटी र सुरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिएका छन ।

पीडितले आफूहरूले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी रु ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा।४५ प ४५२५ नम्बरको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् ।

जग्गाको कारोबारका लागि आफूहरूले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन । लुटेराको खोजी कार्यलाई तीब्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।