सानिमा बैंकले एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैंया बराबरको एक सय रुपैयाँ अंकित दरको एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता हकप्रद सेयरको निष्काशन खुला गरेको हो । ३० प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ ।
सानीमा बैंकको हकप्रद भर्ने म्याद अब दुई दिन बाँकी, तिनाउको कति छ समय ?
सानिमा बैंकले हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रदमा सिबिआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल तथा सानिमा बैंकको केन्द्रीय कार्यालय लगायत सबै शाखाहरुबाट चैत्त १७ गतेसम्म कायम बैंकका सेयरधनीले आवेदन गर्न सक्नेछन् ।
उता कुमारी बैंकले साधारणतर्फ दुई लाख ८० हजार ४ सय ७० कित्ता र संस्थापकतर्फ ८६ हजार ९२ दशमलब ६६ कित्ता हकप्रद सेयर बोलकबोल मार्फत बेच्न लागेको हो ।
कुमारी बैंकको सेयर लिलामीमा सकार्न इच्छुकले आईतबार कार्यालय समयभित्र बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल लिमिटेड मार्फत बोलकबोल गर्न सक्नेछन् ।
कुमारी बैंकको तीन लाख ६६ हजार पाँच सय कित्ता हकप्रद सेयर लिलाममा
बोलपत्र पेश गर्दा प्रति कित्ता न्युनतम एक सय रुपैयाँ र १० कित्ताको गुणांमा आवेदन पेश गर्नुपर्ने हुन्छ । सबैभन्दा बढी मूल्यमा आबेदन दिनेलाई प्रथामिकता दिएर वितरण गरिने छ । बोलपत्रको नतिजा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको कार्यालयमा जेठ २२ मा ३ बजे खोलिने जनाईएको छ । लिलामी सेयर नपाउने लगानीकर्तालाई क्यापिटलले जेठ २९ गतेदेखि रकम फिता गर्नेछ ।