लक्ष्मी बैंक आठ अर्ब तार्गेटको अन्तिम कसरतमा, यस्ता छन थप एजेण्डा

Jun 04, 2017 merolagani

लक्ष्मी बैंक (LBL)  राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पूर्याउने अन्तिम कसरतमा जुटेको छ । जसका लागि बैंकले आगामी असार १३ गते साधारणसभा बोलाएको छ ।साधारणसभा बैंकले १८ प्रतिशत बोनस लगायतका एजेण्डा पारित गर्ने प्रस्ताव गरेको छ ।



प्रोफेसनल दियालो विकास बैंकलाई गाँभेको लक्ष्मी बैंकले बैशाख ३ गतेदेखि जेठ ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री गरेको थियो ।

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ३ अर्ब १५ करोड ९० लाख चुक्तापूँजी रहेको बैंकको हकप्रद बिक्री गर्दा ६ अर्ब ३२ करोड चुक्तापूँजी पुग्छ । जसमा गत आर्थिक बर्षको १८.२९ प्रतिशत बोनस समायोजन गर्दा बैंकको पूँजी झण्डै साढे सात अर्ब पुग्नेछ ।

बैंकले अपुग पूँजी चालु आर्थिक बर्षको मुनाफाबाट बोनस वितरण गरेर सहजै पुर्याउने देखिन्छ ।

साथै कम्पनीले साधारणसभामा जीवन वीमा, निर्जीवन वीमा तथा पुनबीमा कम्पनी स्थापना लागि पहल गर्ने, भेन्चर क्यापिटल, हेज फण्ड, क्रेडिट रेटिगं तथा धितोपत्र दलाल लगायतका सेवा उपलब्ध गराउने प्रस्ताव समेत लग्दैछ ।

त्यस्तै संस्थापक र साधारण सेयर धनीको सेयर स्वामित्व ५१:४९ कायम गराउने र उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा अन्य कुनै संस्थालाई एक्वायर गर्ने प्रस्ताव समेत साधारणसभामा लाने भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।