युनाईटेड फाईनाईन्सको २० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

Jun 04, 2017 merolagani

युनाईटेड फाईनाईन्स कम्पनी (UFL) ले प्रस्ताव गरेको २० प्रतिशत हकप्रद सेयर धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । हकप्रद अनुमति माग्न फाईनान्सले चैत २९ गते निवेदन दिएकोमा जेठ २१ गते बोर्डबाट स्वीकृती पाएको हो ।

युनाईटेड फाईनाइन्सले १३ करोड ४५ लाख ४१ हजार ९५ रुपैँयाको एक सय रुपैँया अंकित दरका १३ लाख ४५ हजार चार सय १० दशमलव ९५ कित्ता हकप्रद सेयर  निष्काशन गर्न अनुमति पाएको हो । फाईनाइन्स कम्पनीको सेयर रजिष्ट्रार नबिल ईन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

फाईनान्सको चुक्ता पूँजी ६७ करोड २७ लाख रुपैँया रहेको छ । चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी ८० करोड ७२ लाख ४६ हजार ५७० रुपैँया पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।