सांग्रिलाले नकिनेपछि नेपाल कम्युनिटीको साधारणसभाले यसरी गर्यो चुक्तापूँजी पुर्याउने निर्णय

Jun 05, 2017 merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) ले सांग्रिला डेभलपमेन्ट बैंकको शुक्रबारको साधारणसभाले बैंकलाई प्राप्ती गर्ने प्रस्ताव अस्वीकार गरेपछि आफै हकप्रद जारी गरी चुक्ता पूँजी पुर्याउने निर्णय गरेको छ । बैंकको आईतबार सम्पन्न सातौं साधारणसभाले १२० प्रतिशत अर्थात एक कित्ता सेयर बराबर एक दशमलव २० कित्ताका दरले हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई चुक्ता पूँजीको ५.१५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै बैंकको संस्थापक साधारण सेयरधनीको अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव समेत साधारणसभाबाट अनुमोदन भएको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २२ करोड दुई लाख ९४ हजार रुपैयाँ पुगेको छ । साधारणसभाबाट अनुमोदन भएको १२० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी ४८ करोड ४६ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।

 

 

सांग्रिला डेभलपमेन्ट बैंकको जेठ १९ गते सम्पन्न १२ औं साधारणसभाले कसमस डेभलपमेन्ट बैंकलाई मात्र प्राप्ती गर्ने निर्णय गरेपछि बैंक आफैले १२० प्रतिशत हकप्रद जारी चुक्ता पूँजी पुर्याउने निर्णय गरेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको कम्पनी सचिव भक्त खड्काले मेरोलगानीलाई जानकारी दिए । उनले आफ्नो बैंकलाई प्राप्ती गर्ने प्रस्ताव अस्वीकृत भएको भन्ने जानकारी प्राप्त भएपनि किन नकिन्ने भन्नेबारे कारण आफुलाई थाहा नभएको बताए । 

राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएको बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउन गरेको निर्देशन अनुसार १२० प्रतिशत हकप्रद बिक्रीपछि अब बैंकले  एक करोड ५३ लाख ५१ हजार रुपैयाँ सहजै थप गर्न सक्नेछ । किनभने यो रकम बैंकको हकप्रद जारीपछि कायम हुने पूँजीको ३.१७ प्रतिशत मात्र बराबरको रकम हो ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ८० करोड निक्षेप संकलन गरी एक अर्ब ५९ करोड कर्जा लगानीबाट तीन करोड ७६ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ३ सय ७५ प्रतिशतले बृद्धि भएको बैंकको प्रमुख कार्यकारी अधिकृत राजन खनालले बताए ।

यसअघि सांग्रीला डेभलपमेन्ट बैंकले कसमसलाई किन्ने सम्झौतापछि फेरी २०७३ पुस १३ गते अर्को विकास बैंक नेपाल कम्युनिटीलाई किनेर  दुबै बैंकको प्राप्तीपछि कायम हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद बिक्री गरेर दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने निर्णय गरेको थियो ।

 

...{सांग्रिलाले कसमसलाई लिने, नेपाल कम्युनिटीलाई नकिन्ने...}

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।