सनराईज बैंकले ४५ हजार ९२२ कित्ता संस्थापक सेयर बेच्ने

Jun 05, 2017 merolagani

सनराईज बैंक (SRBL) ले साबिकको संस्थापक सेयरधनीहरुको ४५ हजार ९२२ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । सेयरधनीहरुले ३६२ रुपैयाँका दरले सो परिमाणको संस्थापक सेयर विक्री गरिदिन बैंकलाई निवेदन दिएपछि बैंकले प्रकृया अगाडि बढाएको हो ।

सनराईजले साबिकको संस्थापक सेयरधनीलाई ३५ दिनभित्र के कति दरमा कति कित्ता सेयर खरिद गर्ने हो उल्लेख गरी बैंकको केन्द्रिय कार्यालयको सेयर रजिष्ट्री विभागमा लिखित निवेदन दिन भनेको छ ।

 

बैंकले विक्री गर्न लागेको संस्थापक सेयर पहिलो चरणमा साबिकका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले बैंकले संस्थापकका लागि सूचना जारी गरेको हो । तोकिएको ३५ दिन भित्र संस्थापक सेयरधनीहरुले खरिद नगरेमा भने गैर-संस्थापकलाई समेत उक्त सेयर विक्री गर्न सकिने बैंकले जनाएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।