सिद्धार्थ बैंकको कामु प्रमुख कार्यकारीमा शम्भुनाथ गौतम नियुक्त

Jun 06, 2017 merolagani

सिद्धार्थ बैंक (SBL) ले कामु प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिले बैठकले गौतमलाई कामु सीईओ नियुक्त गरेको हो ।

गौतम यसअघि सिद्धार्थ बैंकमै डेपुटी सीईओको रुपमा कार्यरत । उनी सिद्धार्थ बैंक स्थापना भएदेखि नै सेकेण्ड म्यानको भूमिकामा थिए ।

साथै सोही बैठकले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।

सिद्धार्थ बैंकका सीइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएर कुमारी बैंकतिर लागेपछि प्रखुम कार्यकारीको पद रिक्त थियो ।

सिद्धार्थ बैंक छाडेका भण्डारी कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती पाईसकेको छन् ।

 

 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।