बैंक अफ काठमाण्डू लिमिटेडले नेप्सेमा एक करोड पाँच लाख २६ हजार ८५० कित्ता बोनस सेयर सूचिकृत गराएको छ । रिलायन्स फाईनान्स कम्पनीले पनि मंगलबार नै ६ लाख ६८ हजार ५७१ दशमलव ४८ कित्ता बोनस सेयर सूचिकृत गराएको छ ।
त्यस्तै एनएमबि माईक्रोफाइनान्स वित्तीय संस्थाको बोनस र हकप्रद सेयर गरी ६ लाख ६७ हजार कित्ता सूचिकृत भएको हो । उसले एक लाख १५ हजार कित्ता बोनस सेयर तथा पाँच लाख ५२ हजार कित्ता हकप्रद सेयरसेयर सूचिकृत गराएको नेप्सेले जनाएको छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।