बुटवल पावरले एफपीओको नयाँ मूल्य प्रस्ताव गर्यो,कति तोक्यो ?

Jun 06, 2017 merolagani

बुटवल पावर कम्पनीले थप नयाँ सेयर निष्काशन गर्नका लागि नयाँ मूल्य प्रस्ताव गरेको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार धितोपत्र मुल्याकंनकर्ता बाट प्राप्त सुझाबको आधारमा नयाँ मूल्य प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा प्रिमियम बापत ४१८ रुपैयाँ थपगरी प्रतिकित्ता ५१८ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले सो मूल्य प्रस्ताव गरेको जनाएको छ ।

कम्पनीले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशनका गर्देछ । गत आसार २७ गते सम्पन्न कम्पनीको साधारणसभाले सो निर्णय गरेको थियो। जसमध्ये ५ प्रतिशत बराबर अर्थात आँधिखोला जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई २ लाख ४ हजार ५० कित्ता छुट्याएको छ ।

यसअघि कम्पनीले प्रिमियम सहित ४७० रुपैयाँमा एपपीओ जारी गर्ने प्रस्ताव गरेको थियो ।

 कम्पनीले बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल तथा लक्ष्मी क्यापिटललाई दिई सकेको छ ।

एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गरिने बताइएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषण गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

साथै बीपीसी एक सय मेगावाटको मनाङमस्र्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरिसकेको छ ।

कम्पनीले गत चैत १३ गते नै एफपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको थियो ।

 

 

 
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।