सिद्धार्थ बैंकको ३० प्रतिशत प्रतिशत भोलिदेखि, यस्ता छन् आवेदन गर्ने ठाउँ

Jun 07, 2017 merolagani

सिद्धार्थ बैंक (SBL) ले जेठ २५ गते विहीबारदेखि ३० प्रतिशत (दश बराबर तीन) हकप्रद बिक्री खुला गर्देछ । बैंक सञ्चालक समितिले जेठ १६ गते बुकक्लोज गर्ने निर्णय गरेकाले बैंकको हकप्रदमा जेठ १४ गते आईतबारसम्म सेयर किनेका लगानीकर्ताले बैंकको हकप्रद भर्न पाउनेछन् ।

सिद्धार्थ बैंकले १० कित्ता बराबर तीन कित्ताको अनुपातमा १ करोड ५७ लाख ५२ हजार पाँच सय ७८ दशमलव १३ कित्ता सेयर बिक्री गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ पुग्नेछ । 

बैंकले हकप्रद निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकको जिम्बेवारी सुम्पेको छ । सेयरधनीहरुले विक्री प्रबन्धक लक्ष्मी क्यापिटल, सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय हात्तिसार लगायत देशभरीका सिद्धार्थ बैंकको शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । जेठ २५ गते खुला भएको बैंकको हकप्रद असार २८ गते बन्द हुनेछ ।

बैंकको गत फागुन ५ गतेको साधारणसभाले ३० प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थले ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ३० पैसा कायम गरेको छ । बैंकको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता ५३२ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।