डिप्रोक्सले किन माग्यो सेयरधनीसँग हितग्राही खाता ?

Jun 07, 2017 merolagani

डिप्रोक्स लघुवित्त विकास बैङ्क (DDBL) ले १५ औं वार्षिक साधारण सभाबाट पारित भएको बोनस वितरणको लागि हितग्राही खाता उपलब्ध गराउन सूचना प्रकाशित गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा प्रदान गरेको ३५ प्रतिशत बोनस वितरण गर्नको लागि शेयरधनीहरूसँग हितग्राही खाता मागेको हो ।

डिप्रोक्स लघुवित्तले सेयर रजिष्ट्रार एस क्यापिटल लिमिटेड लालदरबार मार्फत सेयरधनीको नाम, हितग्राही खाता नम्बर (डिम्याट), सेयरधनीको बाबुको नाम, बाजेका नामका साथै ठेगाना, नागरिकता नम्बर जारी भएको मिति र जिल्ला, सेयरधनी नम्बर, निक्षेप सदस्य नम्बर, र सेयरधनीको कम्पनी र निक्षेप सदस्य दुबैमा भएको दस्तखत सहितको निवेदन दिन लघुवित्तले भनेको छ । 

बैङ्कको सेयरधनी दर्ता पुस्तिका बन्द अगाडी डिम्याट नगरेका सेयरधनीहरुलाई बोनस पाउनका लागि हितग्राही खाता खोल्न समेत कम्पनीले सेयरधनीलाई आग्रह गरेको छ । हितग्राही खाता सेयर रजिष्ट्रार एस क्यापिटल लिमिटेड वा अन्य निक्षेप सदस्यमा समेत हितग्राही खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।

डिप्रोक्सको फागुन २३ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले ३५ प्रतिशत बोनस र १७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।