यस साझेदारीको माध्यमबाट ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परिक्षामा सहभागि हुने बिध्यार्थिहरुले तिर्नुपर्ने शुल्क नबिल बैंक लिमिटेडका तोकिएका निस्चित शाखाहरुवाट बुझाउन सक्नेछन ।
बैंकले यो सेवा यसका काठमाडौं उपत्यका बाहिरका शाखाहरु बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट २०७४ असार १ गतेदेखि र काठमाडौं उपत्यकामा रहेका ९ वटा शाखाहरु तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाट २०७४असार ४ गतेदेखीबाट यो सेवा सञ्चालन हुने जनाइएको छ ।
यस सेवाले अब काठमाडौं बाहिर रहेका विद्यार्थीहरुलाई समेत सम्बन्धित नजिकका शाखाहरुबाट नै अब शुल्क बुझाउन सहज हुनेछ ।
ब्रिटिस काउन्सिल सांस्कृतिक सम्बन्ध कायम गर्ने र उचित शैक्षिक अवसर प्रदान गर्नको लागि काम गर्ने बेलायतको अन्तरराष्ट्रिय संस्था हो । ब्रिटिस काउन्सिलले वेलायत र नेपालका नागरिकहरु विचमा अनुकुल ज्ञान र समझदारीको सृजना गर्दछ । ब्रिर्टिस काउन्सिलले वेलायती अनुभव तथा योग्यता अनुसार, वेलायत र नेपालका विचमा अनुभवको आदानप्रदान गर्ने, नेपाली नागरिकलाई रोजगारको अवसरको सृजना गर्ने तथा उचित अवसरको सृजनाबाट सम्पर्क स्थापना गरी आपसी विश्वासको माध्यमबाट जिवनलाई परिवर्तन गराउने उधेश्य राख्दछ ।
नबिल बैंकले देशभरीका ५२ शाखाहरु, ९९ एटिएमहरु तथा १५०० भन्दा बढी नबिल रेमिट एजेण्टहरु तथा संसारका विभिन्न स्थानमा रहेका करेस्पोन्डेन्ट बैंकहरु सहितको ब्यापक सञ्जाल मार्फत आफ्नो गुणस्तरीय सेवा सञ्चालन गर्दे आईरहेको छ ।