एनआइसी एशिया बैंकको २ लाख ९८ हजार कित्ता सेयर कहिलेबाट आउने भयो लिलामीमा ?

Jun 08, 2017 merolagani

एनआईसी एशिया बैैंक (NICA) ले दुई लाख ९८ हजार पाँच सय ३६ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ । बैंकले असार १ गतेबाट गोप्य शिलवबन्दी बोलपत्र खुला गर्न लागेको हो । बैंकले गत चैत १६ देखि बैशाख १९ गतेसम्म विक्री गरेको १५ प्रतिशत हकप्रदको सबै सेयरमा आवेदन नपरेपछि लिलामी गर्ने भएको हो ।

एनआईसी एशिया बैंकको संस्थापक समुहको सेयर सबै विक्री भएपनि साधारणतर्फको दुई लाख ९८ हजार पाँच सय ३६ कित्ता सेयर विक्री भएन । सोही सेयर अहिले लिलाम बढाबढमा विक्री गर्न लागिएको हो । 

बैैंकले हकप्रद सेयरको  लिलामी विक्री एनआईसी एशिया क्यापिटलबाट गर्नेछ । जसका लागि ईच्छुक लगानीर्काले एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहलबाट असार १ गतेदेखि ८ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम एक लाख कित्ता सेयरका लागि आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा दश कित्ताको गुणांकमा गर्नुपर्ने हुन्छ । आवेदन गर्ने न्यूनतम मूल्य एक सय रुपैयाँ हो भने अधिकतम मूल्य अंकित गर्ने लगानीकर्ताले सेयर प्राप्त गर्ने हुँदा सो भन्दा बढि मूल्य राखेर लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

प्राप्त भएको बोलपत्र असार ९ गते विहीबार १ ३० बजे क्यापिटलको कार्यालय बबरमहलमा खुला हुने क्यापिटलले जनाएको छ । लिलामी सेयर पाउन नसक्ने लगानीकर्तालाई एक हप्तापछि क्यापिटलले रकम फिर्ता गर्ने जनाएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।