ग्लोबल आईएमई र रिलायबल दुबैले एकैदिन (प्राप्ती गर्न /जान) बोलाए विशेष साधारणसभा

Jun 08, 2017 merolagani

ग्लोबल आईएमई बैंक (GBIME) ले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न तथा रिलायबल डेभलपमेन्ट बैंक (REDBL) ले ग्लोबल आईएमई बैंकसँग प्राप्ती हुनका लागि विशेष साधारणसभा बोलाएका छन् । एक्विजिसन गर्ने /हुने प्रस्ताबलाई मुख्य प्राथमिकता दिदै साधारण सभा बोलाइएको हो ।

दुबै बैंकले एकै दिन असार ९ गते विशेष साधारणसभा बोलाएका हुन् । ग्लोबलले सेलिब्रेसन ब्याङ्क्वेट नक्साल र रिलायबलले रिजेन्सी बैंकेट ज्ञानेश्वरमा छुट्टा छुट्टै बोलाएका हुन्।

साधारण सभाका मुख्य एजेण्डाहरुमा दुबै बैंकको प्राति गर्ने /हुने सम्बन्धमा मूल्याङ्कनकर्ताबाट प्राप्त भएको डिडिए रिर्पोटको आधारमा निर्धारण गरिएको सेयर स्वाप रेसियो अनुपात स्वीकृत गर्ने, प्राप्ती गर्ने/ हुने सम्झौता तथा अन्तिम स्वीकृत प्रदान गर्ने, दुबै बैंकको प्राप्ती भएपश्चात नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संसोधन गर्न निर्देशन दिए सो समेत मिलाई संसोधन तथा अन्य सम्पुर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताब रहेका छन् ।

रिलायबलको सेयर कारोबार ग्लोबलसँग प्राप्तीका लागि असोजदेखि नै बन्द रहेको छ भने ग्लोबल आईएमईले असार १ गते सेयरधनी किताब बन्द गर्ने भएकाले जेठ ३१ गतेसम्म सेयर किनेका लगानीकर्ताले विशेष साधारणसभामा सहभागिता जनाउन पाउनेछन् ।

विशेष सधारणसभाले प्रस्तावित प्रस्तावहरुमा पारित गरेपछि दुई संस्था गाभ्ने गाभिने प्रक्रिया अगाडि बढ्नेछ । प्रकृया सकिएपश्चात ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु हुने दुबै बैंकले यसअघि नै सम्झौता गरिसकेका छन् ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।