बैंकले प्रस्ताव गरेको एजेण्डा पारित गराउन आगामी असार १८ गतेका लागि विशेष साधारणसभा आह्वान गरेको छ । साथै बैंकले राष्ट्र बैंकको परिपत्र अनुसार बैंकको प्रबन्धपत्र र नियमावलि संशोधनगरी संचालकको संरचना मिलाउने प्रस्ताव गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफियामा बैंकमा कम्तिमा पाँच जनादेखि बढीमा सात जनासम्म संचालक रहने व्यवस्था रहेको छ ।
संचालकको संख्या घटाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन
सिद्धार्थ बैंकको हाल चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात दश प्रतिशत हकप्रद बिक्री गर्दा बैंकको पूँजी ७ अर्ब पचास करोड नाघ्ने छ । बाँकी नपुग रकम बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने देखिन्छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थले ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ३० पैसा कायम गरेको छ ।
सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद खुल्यो, असार २८ गतेसम्म भर्न पाइने
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।