२०० हकप्रद रद्द गर्ने विशेष प्रस्ताव राखेर राप्तीभेरीले असार १७ मा बोलायो सधारणसभा

Jun 08, 2017 merolagani

ज्योति विकास बैंकसँग प्राप्ती (एक्वायर) मा गएपछि यसअघि २०७३ भदौ १७ गतेको विशेष साधारणसभाबाट पारित गराएको २०० प्रतिशत हकप्रद रद्द गर्ने विशेष प्रस्ताव राखेर राप्तीभेरी विकास बैङ्क (RBBBL) ले सातौँ साधारणसभा बोलाएको छ । यद्यपी बैंकले २०० प्रतिशत हकप्रद निष्कासन गर्न माघ १४ गते  धितोपत्र बोर्डसँग अनुमति मागिसकेको थियो ।

राप्तीभेरी विकास बैङ्कले असार १७ गते सातौं साधारणसभा बिहान ११ बजे विनायक गेष्ट हाउस, नेपालगञ्जमा सातौं बार्षिक साधारणसभा बोलाएको हो ।

साधारणसभामा बैंकले अन्य विशेष प्रस्तावमा ९.२५ प्रतिशत बोनस सेयर तथा ६ लाख ९९ हजार ९११ रुपैयाँ बराबरको नगद लाभांश कर प्रयोजनको लागि जारी गर्ने प्रस्ताव रहेको छ ।

यसका साथै ज्योति विकास बैंकसँग एक्वायरमा जाने समझदारी पत्र अनुमोदन गर्ने, स्वाप रेसियो निर्धारण गर्ने लगायतका विशेष प्रस्ताव समेत साधारण सभामा लैजाँदैछ । 

१७ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको राप्तीभेरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक १०.२० रुपैयाँ कायम गरेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।