भार्गव विकास बैंकको ८५ हजार २३१ कित्ता सेयर लिलामीमा

Jun 09, 2017 merolagani

भार्गव विकास बैंक(BHBL) ले शुक्रबारदेखि ८५ हजार २३१ कित्ता सेयरमा लिलाममा राखेको छ । बैंकले सर्वसाधारण समूहको ५२ हजार ७६५ कित्ता र संस्थापक समूहको ३२ हजार ४६६ कित्ता सेयरमा शिलबन्दी बोलपत्र आह्वान खुला गरेको हो ।

बैंकले गत फागुन २४ देखि चैत २८ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको ८५ हजार २३१ कित्ता सेयर लिलामीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले असार २ गतेसम्म बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल वा भार्गव विकास बैंकको केन्द्रिय कार्यालय नेपालगञ्जबाट आवेदन गर्न सक्नेछन् । 

लिलामीको सेयर लिन इच्छुक खरिदकर्ताले न्यूनतम एक सय कित्ता वा त्यो भन्दा बढी १० अंकले भाग जाने सबै कित्ताका लागि एक सय रुपैयाँ भन्दा बढि मूल्यमा आवेदन दिन सक्ने एनएमबि क्यापिटलले जनाएको छ ।

संस्थापक समूहको  बोलपत्र असार ४ गते दिउँसो ३:३० बजे र साधारण समूहको दिउँसो ४ बजे एनएमबि क्यापिटल नक्सालमा खोलिनेछ भने असार ८ गते बाँडफाँट हुनेछ । लिलामीमा सेयर नपाउने बोलकबोल दातालाई असार ११ गतेदेखि रकम फिर्ता गर्ने क्यापिटलले  जनाएको छ ।

१४ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९३ पैसाकायम गरेको छ । बैंकले चुक्ता पूँजी पुर्याउनका लागि ८० प्रतिशत हकप्रद जारी गर्ने जेठ ६ गतेको विशेष साधारणसभाबाट पारित गरेको छ । बैंकको सेयर विहीबार नेपाल स्टक एक्सचेञ्जमा ३१३ रुपैयाँमा कारोबार भएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।