जनता बैंकको प्रमुख कार्यकारीमा परशुराम कुँवर क्षेत्री नियुक्त

Jun 09, 2017 merolagani

जनता बैंक नेपाल (JBNL) को प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।
बैंकको संंचालक समितिको विहीवार बसेको बैठकले क्षेत्रीलाई आगामी चार वर्षको लागि सिइओमा नियुक्त गरेको हो ।

एक दिन अगाडि मात्र कुमार लम्सालले जनताको बैंकको प्रमुख कार्यबारी पदबाट राजिनामा दिएका थिए ।

लम्सालले राजिनामा दिएपछि संचालक समितिले क्षेत्रीलाई सिइओ बनाएको हो ।

क्षेत्रीले यसभन्दा अगाडि तत्कालिन बैंक अफ एशिया र ग्राण्ड बैंकमा सिइओको रुपमा काम गरिसकेका छन । साथै उनीसँग सिटिजन्स बैंक इन्टरनेशन र नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव छ ।

जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि जनतामा त्रिवेणी विकास बैंक गाभिएको थियो । सिद्धार्थ डेभलपमेन्टलाई समेत गाँभ्दा बैंकको पूँजी झण्डै सात अर्ब पुग्ने देखिन्छ ।

 

 

..मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।