कृषि विकास बैंकले बल्ल गर्यो बोनस सेयर सुचिकरण, डिम्याट खातामा कहिले आउँछ ?

Jun 09, 2017 Merolagani

कृषि विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरेको २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकरण गराएको छ । बैंकले शुक्रबार नेप्सेमा १ करोड १८ लाख १२ हजार आठ सय कित्ता बोनस सेयर सुचिकृत गरेको हो ।

धेरै सेयरधनी रहेको बैंकका रुपमा चिनिएको बैंकका लगानीकर्तासँग अधिक मात्रामा कागजी सेयर प्रमाणपत्र रहेको छ । कारोबार गरिरहेकाहरुले मात्र बैंककको सेयर अभौतिक गराएका छन् भने पहिलेदेखि सेयर लिएका बसेका अधिकांस लगानीकर्ताले अझै सेयर अभौतिक बनाएका छैनन् । जसका कारण अब फेरी बैंकका सेयरधनीले बोनस सेयर संकलन गर्नका लागि लाइन लाग्नु पर्ने हुन्छ ।

यस अघि नै बैंकको सेयर अभौतिक गराई सकेका लगानीकर्ताले केही दिनमा नै आफ्नो हितग्राही खातामा बैंकको बोनस सेयर पाउने छन् ।

 

..मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।